Skip to content
EV

TenderClosed

Office Stationery

Enhanced Vocational Education and Training Project II Secretariat · Nepal
View original notice ↗View organizationSave
Category
Tender
Procuring entity
Enhanced Vocational Education and Training Project II Secretariat
Published
May 29, 2026
Submission deadline
Oct 24, 2018

Source

World Bank Procurement

Official public source

Last seen

May 29, 2026

The date Nepal Impact retrieved this source record.

Deadline evidence

Provided by source

Report a problem

About this tender

Invitation for Bids नेपाल सरकार शिक्षा¸ विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना (दोस्रो) बुद्धनगर¸काठमाडौ । मसलन्द तथा कार्यालय सामान आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना प्रथम पटक प्रकाशित मिति २०७५/० ६ / ०८ यस परियोजनालाई आ.व ०७५/०७६ को लागि आवश्यक पर्ने मसलन्द तथा कार्यालय सामानहरु आपूर्ति गर्न ईच्छुक फर्म/ कम्पनीले देहाय बमोजिम शर्तको अधिनमा रही रितपूर्वकको बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । १ बोलपत्र फाराम यो सूचना प्रथम पटक प्रकाशित मितिले ३० ­‍औं दिनसम्म कार्यालय समयभित्र यस कार्यालयको स्टोर शाखाबाट रु. ३,०००.०० ( रु. तिन हजार ) फिर्ता नहुने गरी तिरी खरिद गर्न सकिनेछ । अन्तिम दिन बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिन कार्यालय समयभित्र खरिद गर्न सकिनेछ । २. यो सूचना प्रथम पटक प्रकाशित मितिले ३१ औं दिन मध्यान्ह १२.०० बजेभित्र बोलपत्र फाराम रितपूर्वक भरी कबोल अंक अक्षरमा समेत प्रष्ट खोली फर्मको नाम¸ छाप र अधिकारवालाको सही सहित यस परियोजनामा दर्ता गराई सक्नुपर्नेछ । ३. दाखिला हुन आएका बोलपत्रहरु सूचना प्रकाशित भएको मितिले ३१ औ दिन दिउँसो २.०० वजे परियोजनामा उपस्थित फर्म/कम्पनी र अन्य प्रतिनिधिहरुको रोहवरमा खोलिने छ । बोलपत्रदाताका प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न वाधा पर्ने छैन । ४. बोलपत्रको मान्य अवधि ९० दिनको हुनुपर्नेछ । बोलपत्रसाथ बोलपत्र जमानत रकम वापतको रकम रु ६०,०००। (रु. साठी हजार मात्र) यस परियोजनाको नाममा "क" वर्गको वाणिज्य बैंकबाट जारी भएको विड वण्ड वा कोष तथा लेखा नियन्त्रक कार्यालयको नेपाल राष्ट्र बैंक, थापाथलीस्थित धरौटी खाता नं १२०१२००००१००२५२४ मा रकम दाखिला गरेको सक्कल भौचर संलग्न हुनुपर्ने र त्यस्तो बोलपत्र जमानतको मान्य अवधि बोलपत्रको मान्य अवधि भन्दा कम्तिमा ३० दिन बढी हुनुपर्नेछ । ५. आपुर्तिकर्ताले बोलपत्रमा उल्लेख भए अनुसारको गुणस्तरयुक्त सामानहरु आपुर्ति गर्नुपर्नेछ । आपूर्ति गरेका समानहरु गुणस्तरयुक्त भए / नभएको सम्बन्धमा सम्बन्धित विज्ञबाट जाँच गराउन सकिने छ र जाँच गराउंदा सो बमोजिम नभएमा फिर्ता लगी गुणस्तरयुक्त सामान उपलब्ध गराउनु पर्नेछ । परियोजनाले आवश्यकता अनुसार सामान घटी वा बढी पनि खरिद गर्न सक्नेछ । ६. बोलपत्र पेश गर्न ईच्छुक रजिष्ट्रर्ड फर्म/कम्पनीले फर्म दर्ता प्रमाणपत्र¸ मूल्य अभिबृद्धि कर दर्ता सहितको स्थायी लेखा नम्बर प्रमाणपत्र र आ.ब. २०७३/०७४ को करचुक्ता प्रमाणपत्रको नोटरी प्रमाणित प्रतिलिपि बोलपत्र फारामसाथ पेश गर्नुपर्नेछ । ७. बोलपत्रदाताले खरिद कार्बाहीमा भाग लिन अयोग्य नभएको¸ प्रस्तावित खरिद कार्वाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यावसाय सम्बन्धी कसुरमा आफुले सजाय नपाएको भनी लिखित रुपमा गरेको घोषणा पेश गर्नुपर्नेछ । ८. बोलपत्र फाराम बुझाउंदा सिलबन्दी गरी खामको बाहिर यस परियोजनाको नाममा "मसलन्द तथा कार्यालय सामानहरुको बोलपत्र" भनी स्पष्टसँग उल्लेख गरी दाखिला गर्नुपर्नेछ . बोलपत्र फाराम बापतको रकम जम्मा गर्ने बैङ्कको नामः राष्ट्रिय बाणिज्य बैङ्क¸ टेकु¸ बैङ्कको कोडः ५२०१४००¸ कार्यालय कोड नं. ३५०००३५०५¸ राजश्व शिर्षक नं. १४२२९ ९. सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरीद नियमावली¸२०६४ बमोजिम रीत नपुगी आएको सिलबन्दी बोलपत्र उपर कुनै कारबाही गरिने छैन । १०. बोलपत्र स्वीकृत गर्ने¸नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस परियोजनामा निहित रहनेछ । ११. माथी उल्लेखित शर्तहरु बाहेक अन्य कुराहरु प्रचलित कानुन अनुसार हुनेछ । १२. यस सम्बन्धी थप कुराको जानकारीको आवश्यक परेमा कार्यालय खुलेको समयभित्र यस परियोजनाको स्टोर शाखामा सम्पर्क राख्न सकिनेछ ।

Aggregated from World Bank Procurement. Read the full posting on World Bank Procurement ↗

Sectors

Education