Skip to content
IR

Job5 days left

एकीकृत ग्रामीण विकास समाज (IRDS) महोत्तरीको सूचना सम्बन्धमा

Integrated Rural Development Society · Nepal
Apply on original site ↗View organizationSave
Type
Job
Work mode
Onsite
Posted
Oct 26, 2026
Deadline
Oct 31, 2026

Source

JobsNepal

Public listing source

Last seen

Oct 26, 2026

The date Nepal Impact retrieved this source record.

Deadline evidence

Provided by source

Report a problem

About this role

एकीकृत ग्रामीण विकास समाज (IRDS) महोत्तरीको सूचना सम्बन्धमा

प्रथम पटक प्रकाशित मिति: २०८३ कार्तिक ०९ गते

एकीकृत ग्रामीण विकास समाज (IRDS) वि.सं. २०५१ सालमा महोत्तरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भई स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । संस्थाले स्थापना कालदेखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, मुस्लिम, बालबालिका र विपन्न समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत खानेपानी तथा सरसफाई, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने कृयाकलापहरू संचालन गर्दै आईरहेको छ ।

यस संस्थाले विगत सन् २०२२ को अक्टोवर महिनाबाट वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाको सबै वडाहरू र एकडारा गाउँपालिकाको सबै वडाहरूमा बालसमृदधि र एकीकृत विकासका लागि हातेमालो (IPF/SHIELD) परियोजना संचालन गरिरहेको सबैलाई जानकारी नै छ । यस परियोजना लागु गर्न तथा सफल बनाउनको लागि सहयोग गर्नु हुने प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गाउँपालिका, जिल्ला स्थित विषयगत सरकारी कार्यालयहरू, सुरक्षा निकाय, संचार माध्यमहरू, गैसस, व्यवसायीहरू, बालबालिकाहरू, अभिभावकहरू साथै साझेदार संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालको सक्रिय सहभागिता तथा सहयोगका निम्ति एकीकृत ग्रामीण विकास समाज (IRDS) आभारी छ ।

यस परियोजनाको आ.व. सन् २०२६ (१ अक्टोवर २०२५ देखि ३१ अक्टोवर २०२६) मा सञ्चालन भएका कार्यक्रम तथा गतिविधिहरू ३१ अक्टोवर २०२६ तदनुसार २०८३ कार्तिक १४ सम्ममा समापन भई । साथै यस परियोजना मार्फत सञ्चालन र सम्पन्न भएका गतिविधिहरूको प्रतिवेदन आउँदो असोज मसान्तभित्र सम्बन्धित निकायहरूमा पेश गरिने र हामीले सेवा प्रदान गर्ने समुदायप्रति हाम्रो जवाफदेहिता सुनिश्चित गर्नेछौँ भन्ने कुरा यसै सूचना मार्फत जानकारी गराउन चाहान्छौँ ।

साथै, यसै सूचना मार्फत परियोजनासँग सम्बन्धित यस वर्षको सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान भई भुक्तानी चुक्ता वा फछ्र्यौट भइसकेको जानकारी गराउन चाहान्छौँ । यदि कुनै संस्था वा व्यक्तिसँग परियोजनासँग सम्बन्धित सेवा वा वस्तु वापतको हिसाब मिलान र भुक्तानी हुन बाँकी भए, यस सुचनालाई आधार मानी पहिलो पटक सूचना प्रकाशित भएको मितिबाट १४ कार्तिक , २०८३ तद अनुसार ३१ अक्टुबर २०२६ सम्म दाबी गर्न आउन अनुरोध गर्दछौ । म्याद नाघी आएको दाबी उपर यस संस्था वा संस्थाको साझेदार संस्था जवाफदेही हुन असमर्थ हुने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदछौँ ।

एकीकृत ग्रामीण विकास समाज (IRDS)

बर्दिबास १, महोत्तरी

फोन नं. ०४४–५५०४०१, ९८०१६६६४१५

थप सल्लाह तथा सुझावको लागि संस्थाको निःशुल्क टोलफ्रि नम्वर १८१०५०००००८ वा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको निःशुल्क टोलफ्रि नम्वर १६६००१०००१४ र ९८०१६६६४१५ मा सम्पर्क गर्नुहोला ।

Aggregated from JobsNepal. Read the full posting on JobsNepal ↗