Job6 days left
MEAL Officer / Field Supervisor
- Type
- Job
- Work mode
- Onsite
- Posted
- Oct 27, 2026
- Deadline
- Nov 3, 2026
Source
JobsNepal
Public listing source
Last seen
Oct 28, 2026
The date Nepal Impact retrieved this source record.
About this role
National Farmers Group Federation Nepal (NFGF Nepal)
Apply before: 03 Nov, 2026
MEAL Officer / Field Supervisor
Job posted on 27 Oct , 2026 Apply before 03 Nov, 2026
National Farmers Group Federation Nepal (NFGF Nepal)
DETAILS / REQUIREMENTS
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित)
मिति २०८३ कार्तिक १0 गते
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।
महासंघले जलवायुमैत्री गाउँ नेपाल परियोजना -Climate Smart Village Nepal Project ) सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको जलवायुमैत्री जीविकोपार्जनमा टेवा साथै खाद्यसुरक्षा एवं पोषणमा पहँच पुर्याउने उद्देश्यले केएर नेपालसँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहा एवं सम्बन्धित पालिकाहरूमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपसिलमा उल्लेखित ठेगानामा १७ कार्तिक २०८३ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा पेश गर्न अनुरोध गरिन्छ ।
पद पद संख्या शैक्षिक योग्यता आवश्यक अनुभव
अनुगमन, मुल्यांकन,जवाफदेहिता तथा सिकाई अधिकृत (MEAL Officer) १ (एक) व्यवस्थापन, कृषि, वन विज्ञान, जन स्वास्थ्य वा पोषण वा मानविकि, समाजशास्त्र अन्य, विषयमा स्नातक वा सो सरह उतीर्ण भई सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएका
- कार्यक्रमको लक्ष्य, उद्देश्य एवं उपलब्धि मापन एवं सूचकमा आधारित अनुगमन तथा मुल्यांकन सम्बन्धी अनुभव भएको ।
- तथ्यांक संकलन, विश्लेषण र प्रतिवेदन सम्बन्धि दक्षता भएको साथै सञ्जालमा आधारित तहगत संरचनाहरूसँग सम्बन्धित क्रियाकलापहरुको अनुगमन तथा मुल्यांकनको ज्ञान भएको
- उपलब्धिको मापन साथै गुणस्तरीय दस्तावेजिकरण सम्बन्धि दक्षता भएको
- अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुतामा सघन बुझाई र अनुभव भएको ।
- तहगत सरकार, सरोकारवाला एवं सामुदायिक सेवा प्रदायकसँगको समन्वय, सहकार्य र साझेदारीका काम गरेका अनुभव भएको ।
- सञ्चार माध्यमसँगको सहकार्य, संस्थागत एवं कार्यक्रमगत दृश्यात्मक सामाग्री निर्माण साथै सरोकारवालाहरू समक्ष सम्प्रेषण, प्रकाशन र प्रसारणमा दक्षता भएको ।
- कार्यक्रम कार्यान्वयन योजना, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन र दस्तावेजीकरण सीप भएको ।
- DMEL System तथा लैङ्गिक खण्डीकृत तथ्यांक, अनुगमन तथा मूल्यांकन सम्बन्धी मोवाइल एप र Software सञ्चालन गर्न सक्ने सीप तथा ज्ञान भएको,
- GESI and Safeguarding संवेदनशीलता प्रति ज्ञान भएको,
- कार्यक्रमको गुणस्तरीयता, पृष्ठपोषण, सिकाई र जवाफदेहिता सम्बन्धि ज्ञान भएको,
- सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप साथै सामाजिक सञ्जालको प्रभावकारी उपयोग सम्बन्धि अनुभव भएको ।
फिल्ड सुपरभाइजर (Field Supervisor) १ (एक) जे.टी. वा जे.टी.ए. उत्तीर्ण भई समुदाय परिचालनमा अगुवाई गरेको २ वर्षको कार्यअनुभव भएको
- जलवायुमैत्री गाउँ, जलवायुमैत्री प्रविधि, जलवायुमैत्री गाउँसँग सम्बन्धित गतिविधिहरुमा अनुभव भएको ।
- कृषक पाठशाला सञ्चालन गर्न सक्ने अनुभव भएको ।
- कृषक समह, लक्षित समुदायहरूलाई परिचालन गर्न सक्ने अनुभव भएको ।
- स्थानीय सरकार र अन्य सम्बन्धित सरोकारवालाहरूसँग समन्वय र सहकार्यको अनुभव भएको ।
- साना किसान, भमिहिन किसान, लक्षित समुदाय, जलवायुमैत्री गाउँ अभ्यास, पर्यावरणीय कृषि, पोषण बगैचा, व्यवहार परिवर्तन, स्वच्छ उत्पादन, उपभोगमा लैङ्गिक मूलप्रवाहिकरण गर्ने सम्बन्धित गतिविधि सहजिकरण गर्ने ज्ञान र सीप भएको ।
- अधिकारमा आधारित अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतामा सघन बुझाई र अनुभव भएको ।
- स्थानीय उत्पादनमा सहजिकरण, विविधिकृत उत्पादन एवं उत्पादनको बजारीकरणबारे ज्ञान भएको
- सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप साथै सामाजिक सञ्जालको प्रभावकारी उपयोग साथै कृषि एप्सहरू (प्रविधि) प्रयोग गरि सहजिकरण गर्न सक्ने सीप भएको ।
- कार्यकम सम्पादन प्रतिवेदन लेखन, लैङ्गिक खण्डीकृत तथ्यांक संकलन, घटना अध्ययन लेखन, प्रभाव मुल्याङ्कन सीप भएको ।
- GESI and Safeguarding संवेदनशीलता प्रति ज्ञान भएको ।
- गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि कृषि प्राविधिक भई समुदाय परिचालनको जिम्मेवारीमा कम्तिमा १ वर्ष काम गरेको अनुभव भएको ।
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ ।
- निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
- यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू
- रितपूर्वकको निवेदन, बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रहरुको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
- दरखास्त बुझाउने अन्तिम मितिः १७ कार्तिक २०८३ सम्म
- छनौट विधीः लिखित र मौखिक
पदपूर्ति समिति
Aggregated from JobsNepal. Read the full posting on JobsNepal ↗