Job3 days left
Marketing and Enterprises Development Officer / Monitoring and Evaluation Officer
- Type
- Job
- Work mode
- Onsite
- Posted
- Nov 23, 2026
- Deadline
- Nov 27, 2026
Source
JobsNepal
Public listing source
Last seen
Nov 23, 2026
The date Nepal Impact retrieved this source record.
About this role
आवश्यकता !
प्रथम पटक प्रकाशित मितिः २०८३ असोज २३ गते
दोश्रो पटक प्रकाशित मितिः २०८३ मंसिर ७ गते
Helen Keller International र i DE सँगको साझेदारीमा कालिका स्वावलम्बन सामाजिक केन्द्र, कपिलवस्तु द्वारा कपिलवस्तु जिल्लाको १० वटै स्थानीय तहहरुमा संचालन हुने “पोषण मार्फत जिवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition) को लागि कर्मचारीहरुको आवश्यकता भएकोले यो सुचना दोश्रो पटक प्रकाशित भएको मितिले पाँचौ (५) दिन कार्यालय समय (बेलुका ५ बजे) भित्र इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।
पद आवश्यक संख्या शैक्षिक योग्यता अनुभव तथा क्षमता
Marketing and Enterprises Development Officer १ जना व्यवस्थापन, मार्केटिङ, सामाज शास्त्र वा सो सरहको विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। बजार प्रणाली र बजारीकरण, मुल्य श्रृंखला, उद्यम बिकास क्षेत्रमा कम्तीमा २ बर्षको अनुभव भएको
Monitoring and Evaluation Officer १ जना Public Health मा स्नातक तह उत्तीर्ण भएको Data Management, Monitoring & Evaluation मा कम्तीमा १ बर्षको अनुभव भएको, नेपाल सरकारको HMIS System सम्बन्धी जानकार भएको
पेश गर्नुपर्ने कागजातहरु
- नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, निवेदन तथा अद्यावधिक वैयक्तिक विवरण (Updated CV)
- आवेदन पेश गर्दा पद स्पष्ट खोलाई पेश गर्नु पर्नेछ ।
प्राथमिकताः दलित, जनजाती, महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइनेछ ।
परिक्षाको किसिमः संक्षिप्त सुची, लिखित र अन्तर्वार्ता (छनौट भएका उम्मेदवारहरुलाई मात्र अगाडीको प्रक्रियामा समावेश गराइनेछ ।
नोटः
- नेपाल बाहिर मुलुकका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक योग्यताको हकमा सम्बन्धित निकायबाट जारी भएको समकक्षता प्रमाणपत्र (Equivalence Certificate) पेश गर्नु पर्नेछ ।
- कर्मचारी भर्ना प्रक्रियामा कुनै पनि किसिमको अवरोध वा प्रभाव पार्ने प्रयास गरिएको खण्डमा सो आवेदकलाई भर्ना प्रक्रियाबाट अलग गरिने छ ।
- आवेदकहरुले वैयक्तिक विवरण पेश गर्दा २ जना Reference हरुको नाम अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ ।
- पहिले नै आवेदन दिई सकेका आवेदकहरुले पुनः आवेदन दिनु पर्ने छैन, पहिले पेश भएको आवेदनलाई नै स्वीकार गरिने छ ।
आवेदनको लागि इमेल
hr.ksscnepal@gmail.com वा संस्थाको केन्द्रिय कार्यालयमा माग गरिए बमोजिमका दस्तावेजहरु सहित आवेदन पेश गर्न सकिने छ ।
कार्यालयको सम्पर्क नम्बरः ०७६-५६०२८२
LINK
TOR_Marketing and Enterprises Development Officer
TOR_Monitoring and Evaluation Officer
Aggregated from JobsNepal. Read the full posting on JobsNepal ↗