Skip to content
CD

Tender13 days left

शिलबन्दी दरभाऊ पत्र आह्वान सम्बन्धी सुचना

Community Development Centre (CDC) · Nepal
View original notice ↗View organizationSave
Category
Tender
Procuring entity
Community Development Centre (CDC)
Published
Nov 20, 2026
Submission deadline
Dec 4, 2026

Source

JobsNepal

Public listing source

Last seen

Nov 21, 2026

The date Nepal Impact retrieved this source record.

Deadline evidence

Provided by source

Report a problem

About this tender

शिलबन्दी दरभाऊ पत्र आह्वान सम्बन्धी सुचना ।

प्रथम पटक प्रकाशित मिति : २०८३/०८/०४

उपरोक्त सम्बन्धमा सामुदायीक वीकास केन्द्र (CDC), डोटी र वर्ल्ड भिजन ईन्टरनेश्नल नेपालको साझेदारीमा संचालित SHIELD/IPF परीयोजनाहरूका लागि Annex-1 अनुसारको सामाग्रि तथा सेवाहरू खरीद गनुपर्ने भएकाले शिलबन्दी दरभाऊ पत्र माग गरीएको छ र पेश भएका दरभाऊ पत्रहरू मध्ये तपसिल अनुसार Criteria (मापदण्ड) पुगेका विक्रेता तथा आपुर्तिकर्ता फर्मलाई छनौट गरि (६ महीना देखी १ बर्ष) सम्म का लागी सामाग्री दिर्घकालिन खरीद सम्झौता गर्ने जानकारी गराउँदै यसै पत्रसाथ उपलब्ध ढाँचा (Annex 1) मा उल्लेख भए अनुसार सुचना प्रकाशन भएको मितिले १४ दिन सम्म इच्छुक तथा योग्य आपूर्तिकर्ता/फर्महरूबाट तपसिलमा उल्लेखित शर्तहरू पुरा गरि शिदबन्दी दरभाऊ पत्र आह्वानका लागि यो सुचना प्रकाशन गरिएको छ ।

विक्रेता तथा सप्लायर्स छनौटका मापदण्डहरू (Criteria’s)

  • उपयुक्त दररेट ।
  • वस्तु तथा सेवाको गुणस्तर ।
  • वस्तु तथा सेवाको उपलब्धता ।
  • ढुवानी सुविधा ।
  • वस्तु तथा सेवा उपलब्ध गराउन सक्ने समयावधि ।
  • वस्तु तथा सेवा खरीद पछिको सेवा ।

शिलबन्दी कोटेशनका साथ संलग्न गनुपर्ने आवश्यक कागजातहरू र पाालना गर्नु पर्ने सर्तहरू:

  • ब्यवसाय दर्ता, प्यान तथा भ्याट प्रमाणपत्रको प्रतिलिपी नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
  • आ.ब. २०८२/२०८३ को कर चुत्ता प्रमाणपत्रको प्रतिलिपी वा म्याद थप को प्रतिलिपी ।
  • कालो सुचीमा नपरेको स्व घोषणा मूल्ङङ्कन पत्रमा छाप र हस्ताक्षर गरेको ।
  • Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर सहित प्रत्यक पानामा छाप लगाउनु पर्ने ।
  • दरभाऊ प्रष्ट बुझिने गरी दरभाऊ पत्रलाई शिलबन्दी पेश गर्नुपर्ने छ अन्यथा खरिद समिति जवाफ देहि हुने छैन ।
  • कोटेशनमा अनिवार्य रुपमा मिति उल्लेख गरीएको हुनुपर्नेछ ।
  • मिति (समयावधि) नाघेका कोटेशनलाई समावेश गराईने छैन ।
  • कोटेशनमा प्रष्ट रुपमा बुझिने गरी आधिकारीक व्यक्तिको नाम र हस्ताक्षर साथै फर्मको अनिवार्य छाप भएको हुनुपर्नेछ ।
  • दरभाउपत्र मिति २०८३/०८/०४ गते देखि २०८३/०८/१८ गते दिउँसो ४ बजे भित्र सामुदायिक विकास केन्द्र डोटीको कार्यालय सिलगढी अथवा प्रदेश कार्यालय धनगढीमा बुझाउनु पर्ने छ ।
  • संस्थाले भुक्तानि गर्दा सामान प्राप्त भएको ७ दिन देखि १० दिन भित्रमा एकाउन्ट पेयी चेकबाट मात्र भुक्तानि गरिनेछ ।
  • नेपाल सरकारको नियमअनुसार लाग्ने कर कट्टी गरिनेछ ।
  • थप जानकारीका लागि ०९४–४११०८१ मा सम्पर्क गर्न सकिनेछ ।

नोट: संस्थालाई Annex-1 मा उल्लेख भए अनुसार सामग्रीहरू एकै पटक अथवा पटक पटक पनि आवश्यक पर्न सक्ने र थप संख्यामा पनी चाहीन सक्ने भएको हुंदा विक्रेता छनौट पश्चात कम्तिमा पनि ६ महीना देखी १ बर्ष सम्मका लागि सम्झौता गरिनेछ ।

LINKS

  • Annexes
  • Supplier Code of Conduct

खरीद उपसमिती

सामुदायीक विकास केन्द्र डोटी

सप्लायर्सको तर्फबाट

हस्ताक्षर

छाप

Aggregated from JobsNepal. Read the full posting on JobsNepal ↗