Tender17 days left
आशय पत्र (Expression of Interest) आह्वान गरिएको सार्वजनिक सूचना
- Category
- Tender
- Procuring entity
- United Mission to Nepal
- Published
- Nov 17, 2026
- Submission deadline
- Dec 8, 2026
Source
JobsNepal
Public listing source
Last seen
Nov 21, 2026
The date Nepal Impact retrieved this source record.
About this tender
आशय पत्र (Expression of Interest) आह्वान गरिएको सार्वजनिक सूचना
प्रथम पटक प्रकाशित मिति: मंसिर २ २०८३ (18 November 2026)
यूनाइटेड मिसन टु नेपाल (यू.एम.एन.) सन् १९५४ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा कार्यरत एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यस संस्थाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका डोटी, बझाङ, कपिलवस्तु, नवलपरासी पश्चिम र रुकुम पूर्व जिल्लाहरूमा आफ्ना सामुदायिक रूपान्तरणका परियोजनाहरू कार्यान्वयन गर्न स्थानीय गैरसरकारी संस्थासँग साझेदारी आवश्यक रहेकाले यो सूचना प्रकाशित मिति देखि २०८३ मंसिर २२ गते (8 December 2026) भित्र आशयपत्र (Expression of Interest) पेश गर्न आह्वान गरिएको छ।
वान्छनीय योग्यताहरुः
- आशयपत्रका लागि कार्यसमितिको निर्णयका साथै संस्थाको लेटरप्याडमा यू.एम.एन.सँग साझेदारी गर्न इच्छापत्र निवेदन पेस गर्नुपर्नेछ।
- साझेदारीको लागि आवेदन दिने गैरसरकारी संस्थाहरु डोटी, बझाङ, कपिलवस्तु, नवलपरासी पश्चिम र रुकुम पुर्व जिल्लाको स्थानीय हुनुपर्नेछ ।
- शिक्षा, स्पोन्सरशिप, स्वास्थ्य, जीविकोपार्जन, जलवायु परिवर्तन, विपद व्यवस्थापन, लैङ्गिक समानता तथा अपाङ्गताका क्षेत्रहरूमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित, किशोरकिशोरी र युवाहरूसँग परियोजना सञ्चालन गरेको अनुभव भएको संस्थालाई प्राथमिकता दिइनेछ। ।
- पेश गर्नुपर्ने कागजातहरुः
- संस्थाको विधानको प्रतिलिपि
- आ.व. २०८२/८३ को माथि उल्लेखित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा नवीकरण भएको प्रमाण - प्रतिलिपी
- समाज कल्याण परिषद्मा आवद्धता साथै नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि
- स्थायी लेखा नम्बर दर्ता प्रमाण-पत्रको - प्रतिलिपी
- आ.व. २०८२/८३ को साधारण सभाको बैठकको माइन्यूटको प्रतिलिपिहरु
- आ.व. २०८२/८३ को बाह्य/वैधानिक लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
- आ.व. २०८२/८३ को कर चुक्ता प्रमाण-पत्रका प्रतिलिपि
- आ.व. २०८२/८३ को कर छुट प्रमाण-पत्र (भएमा) का प्रतिलिपि ।
NGO प्रोफाइलको फाराम र छनोट मापदण्ड यू.एम.एन.को वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। www.umn.org.np/eoi-partner
रीत नपुगेका, म्याद नाघेका, उल्लेखित जिल्लाभन्दा बाहिर दर्ता भएका संघसंस्थाहरू वा उल्लेखित कागजातहरू पेस नगरेका दरखास्तउपर कुनै कारबाही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। निर्णयको पूर्ण अधिकार युनाइटेड मिसन टु नेपालमा निहित हुनेछ। माथि उल्लेखित प्रतिलिपि तथा आवश्यक कागजातहरू स्पष्ट देखिने र बुझिने गरी स्क्यान (scan) गरेर इमेलमार्फत पठाउनुपर्नेछ। आशय-पत्र, निवेदन र आवश्यक कागजातहरू eoi.umn@umn.org.np मा इमेल गर्नुहोला।
Aggregated from JobsNepal. Read the full posting on JobsNepal ↗